नेप्से परिसूचक २२ दशमलव ७० अंकले ओरालो

काठमाडौं। साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेकाे छ। आज लघुवित्त समूहबाहेक अरुकाे मूल्य घटेकाे हाे। सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ७० अंकले ओरालो लागेर २ हजार ३० दशमलव ५१ अंकमा झरेको छ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेर ओरालो लागेको छ। कारोबार रकम भने ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ।

दिनभर भएका ६१ हजार ६ सय ४ कारोबारबाट १९५ कम्पनीका १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता सेयर किनबेच भएका छन् । अजअनुसार कारोबार रकम ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८ सय १५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अशोक लेलैण्डले ल्यायो ‘मेघा विन्टरसर्भिस क्याम्प’

सबै घटेर रातो देखिए पनि लघुवित्त भने ९.२८ अंकले उकालो लागेको छ। सबैभन्दा धेरै व्यापार समूह २ दशमलव ७९ अंकले ओरालो लागेको छ भने जीवन बिमा २ दशमलव ०३ र जलविद्युत् समूह १ दशमलव ६३ अंकले ओरालो लागेको छ।