चलचित्र ‘माया बस्छ कि के हो’ को फस्ट लुक सार्वजनिक

काठमाडौ‌। 

चलचित्र ‘माया बस्छ कि के हो’ को फस्ट लुक सार्वजनिक भएको छ। राजु अधिकारीले निर्देशन गरेको चलचित्र फस्ट लुककाे शीर्ष गीत काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो।

यो चलचित्रमा नव कलाकारद्वय सोनाल तामाङ र किस्मत निरौला मुख्य भूमिकामा रहेका छन्। चलचित्रको फस्ट लुकमा पनि यी दुई कलाकारलाई देख्न सकिन्छ।

शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गङ्गा गिरी निर्माता रहेको चलचित्रको कथा आरती अधिकारीले लेखेकी हुन्। चलचित्रको प्रदर्शन मिति हल खुलेसँगै सार्वजनिक गरिने निर्माताले बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक अधिकारीले आफू सँधै नै गुणस्तरीय चलचित्रको पक्षमा रहेको बताउँदै ‘माया बस्छ कि के हो’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए। उनले कथाको माग अनुसार नै चलचित्रको छायांकन बेल्जियम, स्विजरल्याण्ड, र नेदरल्यान्डका विभिन्न स्थानमा गरिएको जानकारी दिए। 

बिपिन मल्लले सम्पादन गरेको चलचित्रमा सोनाल र किस्मतका साथमा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!