फ्रान्सका राष्ट्रपति म्याक्रोंलाई कोरोना सङ्क्रमण

काठमाडौं।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई कोरोना सङ्क्रमण भएको छ। ४२ वर्षीय राष्ट्रपति म्याक्रोंलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ।

कार्यालयले उनी अब ७ दिनसम्म आइसोलेसनमा बस्ने जानकारी दिएको छ। म्याक्रोंले बुधबार मात्र पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भोटघाट गरेका थिए। उनी प्रधानमन्त्री जिन कास्टेक्ससँगको सम्पर्कमा पनि थिए। कास्टेक्सले आफू सेल्फ–आइसोलेसनमा बस्ने बताइसकेका छन्।

फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समुहद्वारा सुवास नेम्वाङलाई स्थायी समितिबाट निलम्बन