महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता: सीआइबीले थाल्याे अनुसन्धान

काठमाडाै‌। महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान सुरू गरेको छ। साे क्रममा प्रहरीले तीन जना ऋणीलाई पक्राउ गरेको सीआइबीले जनाएको छ।

बैंककाे ललितपुर कुमारपाटीमा रहेकाे शाखामा थोरै सुन धितो राखी बढी ऋण प्रवाह भएको पाइएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। उनका अनुसार कर्मचारीकै मिलोमतोमा थोरै सुन राखेर सात करोडभन्दा बढी रकम निकालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

कर्मचारीकै मिलोमतोमा थोरै सुन राखेर सात करोडभन्दा बढी रकम निकालिएको प्रारम्भिक अनुसन्धान

अनियमितता प्रकरणमा जोडिएका एक दर्जन जनाविरूद्ध जाहेरी रहेको उनले बताए। उक्त प्रकरणको अनुसन्धानका लागि राष्ट्र बैंकले सीआइबीलाई चिठी लेखेको थियो। पाण्डेका अनुसार यो प्रकरणका मुख्य व्यक्ति पक्राउ परिसकेका छैनन्। ऋण प्रकरणबारे अनुसन्धान गर्न बैंकका सिइओसम्मलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएको छ।

अन्य सम्बन्धित समाचार:  बझाङमा खुँडा प्रहार गरेर युवकको हत्या गर्ने एक जना पक्राउ