काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आज एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशिक्षकमा डेभ वाटमोर सहित राैनकबहादुर मल्ललाई महाप्रबन्धक, रमेशकुमार न्याैपानेलाई प्रमुख वित्त अधिकारी तथा बिनाेद दासलाई क्रिकेट प्रबन्धकका रुपमा नियुक्त गरिएको जानकारी दिएको हो।
नयाँ नियुक्त गरिएका प्रमुख प्रशिक्षक वाटमोर सहित सबै कार्यसमिति पदाधिकारीहरुको कार्यकाल आगामी जनवरी १ तारिखदेखि सुरु हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ।
को हुन् वाटमोर?
श्रीलंकालाई सन् १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर छनोटको लामो प्रक्रियापछि प्रशिक्षकमा नियुक्त भएका हुन्। एक वर्षको सम्झौतामा वाटमोर मुख्य प्रशिक्षकमा नियुक्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।