अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी

सर्लाही। जिल्ला प्रशासन कार्यालय सर्लाहीले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस चिनी उद्योगले उखु किसानको झण्डै १७ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ।

किसानले उजुरी दिएलगत्तै पक्राउ पुर्जी जारी गरेकाे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन्। अग्रवालको मूल घर काठमाडौं भएका कारण प्रहरीलाई  साे विषयमा जानकारी गराएकाे उनले बताए।

अन्नपूर्ण चिनी उद्योगले सर्लाहीको बरहथवा, धनकौल, बलरा, रामनगर, बसबरियासहितका ठाउँका हजारौं किसानको पाँच वर्ष यता उखुको भुक्तानी नै गरेको छैन। भुक्तानी नपाएपछि अहिले यहाँका किसान काठमाडौं गएर आन्दोलन थालेका छन्।

अन्य सम्बन्धित समाचार:  हल्का वर्षाको सम्भावना : आजको मौसम पूर्वानुमान