एजेन्सी। अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ। गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ।
अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एक महिनायता १ लाख १३ हजार भन्दा बढी व्यक्ति उपचारकोलागि अस्पताल भर्ना भएका छन्। गत वर्षको डिसेम्बेर महिनाबाट चीन हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अन्त्यन्त प्रभावित भएको छ।
यस संक्रमणको कारण अमेरिकामा ३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १ करोड ७३ लाख ९४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन्। कोरोना संक्रमणको कारण विश्वभरीमा ७ करोड ४५ लाख ९८ हजार व्यक्ति संक्रमित भएका छन् भने १६ लाख ५६ हजार ५५४ जनाको संक्रमणको कारण मृत्यु भएको छ।