आज काठमाडाैं उपत्यकामा ३ सय ६३ संक्रमित थपिए

९७.९

काठमाडौं। आज काठमाडौं उपत्यकामा थप ३६३ जनामा कोरोना संक्रमण भेटिएको छ। १५२ महिला र २११ पुरुषसहित ३६३ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ७७६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ।

 

अन्य सम्बन्धित समाचार:  भारतीय प्रधानमन्त्री मोदी तथा मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने