मेस्सी र रोनाल्डोलाई उछिन्दै रोबर्ट लेवान्डोस्की फिफा वर्ष खेलाडी

एजेन्सी। रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन्।

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले वर्षको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड प्राप्त गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो।

पोल्याण्डका अन्तराष्ट्रिय फरवार्डले गत सन् ४७ खेलमा ५५ गोल गरेका थिए। जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले बुन्डेसलिगा सहित च्याम्पियनसिप र घरेलु कप समेत उचालेका थिए।

तीनै प्रतियोगितामा लेवान्डोस्की सर्वाधिक गोलमा रहेका थिए। ३२ वर्षिया फरवार्डले नयाँ सिजन समेत आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन्। उनले बुन्डेसलिगामा बुधबार बायर्नलाई जित दिलाउन दुई गोल गरे, र बुन्डेसलिगामा २५० गोल गरे।

अन्य सम्बन्धित समाचार:  पीएम कप: आर्मीलाई ६ रनले हराउँदै एपीएफ क्लब समूह विजेता

लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए। तर कोरोना भाईरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो।

यस्तै महिला वर्ष खेलाडीको अवार्ड म्यानचेस्टर सिटीकी लुसी ब्रोन्जीले जितेकी छन्। राष्ट्रिय टिमका कप्तान, प्रमुख प्रशिक्षक, समर्थकले अनलाइन मार्फत गरेका मत तथा २०० खेल पत्रकारको मतका आधारमा विजेताको घोषणा गरिएको हो।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्प उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। यस्तै बार्यनका म्यानुएल नूयर उत्कृष्ट गोलरक्षक भ एभने सन हेङ्ग–मिनले गएको सिजन बर्नलीविरुद्ध गरेको गोलले पुस्कास अवार्ड जित्यो।

यस्तै बेलायतमा बाल गरिबी अन्त्यका लागि गरेको प्रयासका लागि म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस राशफोर्डलाई फिफा फाउन्डेशन अवार्ड दिइएको छ।