नेपालका सन्तोष साह बिबिसी मास्टर सेफको उपविजेता

एजेन्सी। नेपालका सन्तोष साह बिबिसी मास्टर सेफको उपविजेता बनेका छन्।

उपाधिबाट विमूख भएपछि सन्तोषले विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको बताएका छन्। साहले अन्तिम प्रतिस्पर्धामा सोचेजस्तो खाना पस्कन नसकेको बताए।

सिरहाको कर्जन्हाका ३५ वर्षीय साहले उपाधि जित्नु मात्र जित नभएको बताए। निर्णायक तथा नेपालीको मन जित्न सफल भएको उनको भनाइ थियो।

बिबिसी मास्टर सेफको उपाधि बेलायतका २५ वर्षीय एलेक्स वेबले जितेका छन्।

साह विगत दुई दशकदेखि सेफका रुपमा कार्यरत छन्। उनी बेलायतमै बसेर सेफको रुपमा काम गरेको पनि १० वर्ष भइसकेको छ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदीलगायत परिकार चरेशको थालमा सजाएर पस्किएका थिए।

अन्य सम्बन्धित समाचार:  चीनको एक सुनखानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए।