काठमाडौं। देशका अधिकांश क्षेत्रको मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
देशका अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ।
यस्तै राति प्रदेश १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।