काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैछ। बिहान १०ः३० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने, सरकारका कामको समीक्षा, अध्यादेशको विरोध, जनजीवनको सवालमा सरकारको उदासीनताका विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

यस अघि बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले अध्यादेशका सम्बन्धमा संसदीय दलको छलफलबाट थप रणनीति बनाउने जनाएको थियो।

यसै विषयमा पार्टीका सांसदहरुबीच थप छलफल र सरकारविरुद्धका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको खाणले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट वडाध्यक्ष तामाङको निधन