आर्थिक अनियमितताबारे स्वास्थ्यमन्त्री ढकालसँग आज सोधपुछ

काठमाडौं। कोरोना महामारीका बीच स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको विषयमा प्रतिनिधिसभाको सार्वजिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसित सोधपुछ गर्ने भएको छ।

बजार मूल्यभन्दा २० प्रतिशत महंगोमा स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी समूहसँग खरिद सम्झौता गरेको उनीमाथि आरोप छ।

कोरोना रोकथामका लागि सरकारले खरिद गरेका विभिन्न स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्दै समितिले छलफलका लागि विभागिय मन्त्रीलाई बोलाएको हो। यसअघि पटक–पटक बोलाउँदा पनि मन्त्री ढकालले समय दिएका थिएनन्।

ढकालसित शुक्रबार दिउँसो १ बजे समितिले सोधपुछ गर्ने छ। सरकारले गत वर्ष चैतमा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा ओम्नी समूहलाई दिएको थियो। आर्थिक अनियमितता गरेको समाचार सार्वजनिक भएपछि सरकारले ओम्नी समूहसँगको खरिद सम्झौता रद्द गरेको थियो।

अन्य सम्बन्धित समाचार:  बेलायतमा थप ३७ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि