एसियाली देशमा तत्काल खोप पाउने सम्भावना कम: डब्ल्यूएचओ

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसियाली क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ। संगठनले एसियामा तत्काल खोप पाउने सम्भावना कम रहेको र ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाएको हो।

खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेकाले ढिला हुने संगठनको भनाइ छ। त्यसैगरी खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ-ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि सुरु गर्न नसकेका बताए। एसिया क्षेत्रका देशले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिएको उहाँले बताउनु भएको छ।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा कोरोना विरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशकले लगाए