विप्लव नेकपाको बन्दले गण्डकीको जनजीवन प्रभावित

काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले गण्डकी प्रदेशका चार जिल्लामा गरेको बन्दले जनजीवन प्रभावित भएको छ। पार्टीका म्याग्दी नेता गजेन्द्र पुन ‘जगत’को शङ्कास्पद मृत्यु भएको भन्दै विप्लव नेकपाले शुक्रबार गरेको बन्दले पर्वत, बागलुङ, म्याग्दीमा प्रभाव परेको छ। मुस्ताङमा भने खासै बन्दको प्रभाव परेको छैन।

म्याग्दीको बेनीदेखि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन, शैक्षिक संस्था र बजार बन्द छन्। कुनैै क्षेत्रमा फाट्टफुट्ट मात्रै सवारी साधन सञ्चालन भएका छन्।

म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारा घर भएका पुनलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। उनको मङ्सिर २९ गते मृत्यु भएको थियो। पर्वत जेल प्रशासनले पुनको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको तथा उपचारमा लापरबाही गरेको आरोप लगाउँदै विप्लव नेकपाले बन्द गरेको हो।

अन्य सम्बन्धित समाचार:  लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट