काठमाडौं। पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएका धेरै व्यक्तिमा हाल कोभिड निमोनियाको समस्या देखिन थालेको छ।
श्वासप्रश्वासको समस्या भइ कोरोना परीक्षण गराउन आउने व्यक्तिमा पीसीआर र एन्डिजेन नेगेभिट आए पनि निमोनियाको समस्या देखिन थालेको हो।
यसको कसरी उपचार कसरी गर्ने भन्ने चिकित्सकलाई समस्या भएको छ। कोरोनाबाट संक्रमित श्रीमानको हेरचाहमा खटिएकी ५० वर्षिया महिलामा निमोनियाको समस्या देखिएपछि चिकित्सकहरु चिन्तित भएका हुन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएकी ति महिलाको पीसीआर र एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। तर एन्टिवडी टेष्ट भने पोजेटिभ आएको थियो।
पीसीआर र एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ तर एन्टिबडी पोजिटिभ भएको बिरामीको कसरी कोभिड अपस्पतालमा उपचार गर्ने भन्ने निर्णय लिन समस्या भएको अस्पतालका चिकित्सक डा अनुप बास्तोलाले बताए।
कोरोनाको लक्षण भएका तर अस्पताल ढिलो पुग्ने बिरामीलाई पीसीआर नेगेटिभ देखिए पनि निमोनियाको समस्या देखिएको बास्तोलाको भनाइ छ। निमोनियाका कारण अक्सिजनको मात्रा कम भइ ज्वरो आउने , खोकी लामो समयसम्म लागिरहनेलगायत समस्या देखिन्छ।