अत्यधिक चिसोका कारण सिरहामा चार जनाको मृत्यु

काठमाडौं। केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा चार जनाको मृत्यु भएको छ। अन्य पाँच घाइते भएका छन्। चिसोका कारण एक साताको अवधिमा जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिए। सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा