काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज छुट्टै भेला आयोजना गरेका छन्।
प्रचण्ड–नेपाल समूले प्रदेश नं १ को पार्टी भेला आयोजना गरेका हुन्। भेलामा प्रदेश १ का प्रचण्ड–नेपाल निकटका जिल्ला अध्यक्ष र सचिवहरु सहभागी छन्।
भेलालाई प्रचण्ड र नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे दुवै नेताले आफ्ना समर्थकहरुलाई जानकारी गराउने छन्।
भेलालाई वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेश गौतम, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने बताइएको छ।