आमा बन्दै नेहा कक्कड

काठमाडौं। गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन्। यो वर्षको अक्टाेबर २४ तारिखमा आफ्ना प्रेमी रोहन प्रित सिंहको साथमा वैवाहिक जीवनमा बाँधिएकी गायिका नेहा विवाह गरेको दुई महिनामै आमा बन्न लागेकी हुन्।

शुक्रबार सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै उनले आफू आमा बन्ने तयारीमा रहेको जानकारी दिएकी छन्। रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै नेहाले लेखेकी छन्, ‘अब मेरो ख्याल राख्ने गर।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्याल राख्नुपर्ने उल्लेख गरेका छन्।

यस्तै, नेहाका भाइ गायक टोनी कक्कडले पनि आफू मामा बन्न लागेको उल्लेख गरेका छन्। नेहाले तस्वीर सार्वजनिक गरेसँगै उनलाई बलिउडका कलाकारहरुले बधाई दिएका छन्।