सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

बिहीबार प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको भएको छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ। महासंघका अनुसार, चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको छ। चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सहकारीले खोल्यो सुपथ मूल्यका पसल