काठमाडौं उपत्यकामा मापसे जाँच सुरु

काठमाडौं। काठमाडौं उपत्यकामा मापसे जाँच सुरु भएको छ। कोरोना महामारीका कारण ९ महिनादेखि रोकिएको मापसे जाँच उपत्यकाका सबै स्थानमा सुरु भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै शुक्रबारबाटै मापसे चेकिङ सुरु गर्न भनेको छ। रातको समयमा मापसे जाँचमा थप कडाइ गरिएको महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

यस्तै ट्राफिक कारबाहीमा परेकाहरुलाई भने अनलाइन कक्षाकै व्यवस्था गरिएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो।

 

 

 

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री