बलिउड निर्देशक करण जोहरलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरोकाे पत्र

एजेन्सी। नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले बलिउड निर्माता/निर्देशक करण जोहरलाई पत्र पठाएको छ। बलिउडमा लागुऔषध ओसारपसार तथा प्रयोगका सम्बन्धमा अनुसन्धान गरिरहेको एनसीबीले चर्चित निर्माता करणलाई उनको घरमा भएको पार्टीको विस्तृत विवरण उपलब्ध गराउन भन्दै पत्र पठाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार करणको घरमा भएको पार्टीको भिडियो भाइरल भएपछि एनसीबीले यसबारे जानकारी माग्दै पत्र लेखेकाे हाे। बी-टाउन सिलेब्सका लागि भएको पार्टीलाई लिएर अकाली दलका नेता मनजिंदर सिंह सिरसाले एनसीबीमा उजुरी दिएका थिए।

पार्टीमा दीपिका पादुकोण, मलाइका अरोडा, अर्जुन कपूर, शाहिद कपूर, रणबीर कपूर, वरुण धवन, विकी कौशल लगायत कलाकार सहभागी

करणलाई २०१९ को उक्त पार्टीबारे विस्तृत विवरण उपलब्ध गराउन आजसम्मको समय दिइएको छ। यद्यपि उनलाई आफै उपस्थित हुन भने भनिएको छैन। करणले भने यसअघि नै विज्ञप्ति निकालेर यो पार्टीमा ड्रग्सको प्रयोग तथा सेवन नभएको स्पष्ट पार्दै आफूले कहिल्यै ड्रग्स सेवन नगरेको र यसलाई आफूले कहिल्यै प्रोत्साहन पनि नगर्ने जनाएका थिए।

अन्य सम्बन्धित समाचार:  पल शाहविरुद्ध उजुरी, कुटपिट गरेको आरोप

उनको यो पार्टीमा दीपिका पादुकोण, मलाइका अरोडा, अर्जुन कपूर, शाहिद कपूर, रणबीर कपूर, वरुण धवन, विकी कौशल लगायत कलाकार सहभागी थिए।