२०२० मा धेरै कमाउने सेलिब्रिटी: कसले कति कमाए?

एजेन्सी।

काेराेनाका कारण सन् २०२० विश्वकाे लागि ज्यादै नै जटिल रहन पुग्यो। यस वर्ष आजै काम गरेर साझकाे छाक टार्नेदेखि नाम चलेका स्थापित कलाकारका लागि त्यति सुखद रहन सकेन जति यसअघिका वर्षहरू हुने गर्दथे। ठूलाठूला सेलिब्रिटीले समेत अनेकथरीका समस्यासँगै जुध्दै अघि बढ्नु परेको उनीहरूले सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा अभिव्यक्त गरेकाे भनाइरुले समेत देखाउँछ।

यसका बाबजुद पनि केही चर्चित सेलिब्रिटीहरु यस वर्ष पनि मालामाल बन्न पुगे। यस वर्ष विश्वभरका सबैभन्दा बढी कमाई गर्ने  सेलिब्रिटीको सूची सार्वजनिक गर्दै फोर्ब्स म्यागजिनले गरेको सर्वेक्षणका अनुसार अमेरिकन टिभी स्टार काइली जेनर पहिलाे स्थानमा रहन सफल भएकी छिन्।

फोर्ब्सका अनुसार २०२० मा सबैभन्दा कमाई गर्ने सेलिब्रिटी हुन् उनी। २३ वर्षीय जेनरले यो वर्ष ५ सय ९० मिलियन डलर कमाइ गरेको फोर्ब्सले उल्लेख गरेको छ। दोस्रो नम्बरमा र्‍यापर कान्ये वेस्ट पर्न सफल भएका छन्। उनले यो वर्ष १ सय ७० मिलियन डलर कमाएका छन्। तेस्रो नम्बरमा टेनिस प्लेयर रोजर फेडरर रहेका छन्।

पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो सन् २०२० मा सर्वाधिक कमाई गर्ने सेलिब्रिटीको चौथो नम्बरमा रहन सफल रहे। पाँचौ नम्बरमा अर्जेन्टिनाका फुटबलर लियोनेल मेसी छन्।

 

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने

फोर्ब्सकाे शीर्ष दशकाे सूचीमा भने अभिनेता ड्वेन जोनसन, ब्राजिलका फुटबलर नेइमार, अभिनेता टाइलर पेरी र टिभी स्टार हाेवार्ड स्टर्न रहेका छन्। यो सूचीको ५२ औं स्थानमा बलिउड अभिनेता अक्षय कुमार परेका छन्।