नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना

काठमाडौँ। विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना छनोट भएका छन्। नर्स तथा मिडवाइफ अन्तराष्ट्रिय वर्ष २०२० का अवसरमा अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले  संयुक्त रुपमा नेपालका ४ जनासहित १०० जनालाई सूचीकृत गरेको हो।

सूचीमा नेपालका २ जना नर्स तथा २ जना मिडवाइफ १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल भएका हुन्। कोरोना महामारीको समयमा मिडवाइफ तथा नर्सहरु अग्रपंक्तिमा खटिएर बिरामीको सेवा गरेबापत सूचीमा सूचिकृत गरिएको वुमन इन ग्लोबल हेल्थ नामक संस्थाले आफ्नो वेबसाइटमा लेखेको छ।

१०० जना उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालबाट मिडवाइफ प्रशंसा बुढा लामा र रुकुमणी त्रिपाठी, नर्स दुर्गा सापकोटा र सुष्मा योञ्जन रहेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री