तत्काल अध्यादेश फिर्ता लिई संसद बोलाउन कांग्रेसको माग

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गरी संसद बैठक बोलाउन माग गरेको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले अध्यादेश संविधानको भावना र मर्म विपरीत भएको भन्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो।

कांग्रेसले संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ। सरकारले अप्रत्यासितरुपमा ल्याएको अध्यादेश फिर्ता गर्न, अविलम्ब संसद अधिवेशन बोलाउन र भ्रष्टाचार, बेथिति र मूल्यवृद्धि रोक्ने मागसहितका निर्णय बैठकले गरेको कांग्रेस नेता डिला संग्रौलाले जानकारी दिइन्। परिषद‍् बैठकले गरेका कुनै पनि निर्णय मान्य नहुने र अध्यादेश फिर्ता नगरेसम्म परिषद‍ बैठकमा कांग्रेस सहभागी नहुने समेत उनले जानकारी दिइन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

संविधानमाथि ठाडो हस्तक्षेप गरेर ओली सरकार सर्वसत्तावादी बाटोमा हिँड्न खोजिरहेको आरोप कांग्रेसले लगाएको छ।