विभिन्न जिल्लाका सीडीओ हेरफेर: काे कहाँ पुगे? (नामावली सहित)

काठमाडौं। गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरु  हेरफेर गरेकाे छ। शुक्रबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले उनीहरुकाे सरुवा तथा पदस्थापना गरेकाे जनाएकाे छ।

ललितपुर, गुल्मी, तेह्रथुम, उदयपुर, रामेछाप लगायत जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ। ललितपुरमा सहसचिव ढुण्डी प्रसाद निरौलालाई ल्याइएको छ। उनी यसअघि गृहमन्त्रालयमा कार्यरत थिए। तेह्रथुममा उपसचिव जयराम भण्डारी तथा  सिरहामा कृष्ण कुमार निरौलालाई पठाइएको छ।

यसअघि  मंसिर ७ गते, आइतवार,  काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका थिए। काठमाडौंमा काली पराजुली आएका थिए भने भक्तपुरमा प्रेम भट्टराई गएका थिए।

हेर्नुहाेस् नामावली:

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा उपचुनावमा एमालेको उम्मेदवार गृहमन्त्री बादल नै