राज्यले सबै नागरिकलाई कोभिडविरुद्धको खोप नि:शुल्क लगाइदिन्छः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सबै नागरिकलाई राज्यले नि:शुल्क कोभिडविरुद्धको खोप लगाइदिने बताएका छन्। अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै मन्त्री पौडेलले खोप आयातका लागि स्रोत जुटाउन अर्थ मन्त्रालयलाई समस्या नभएको बताएका हुन्।

खोप आयातका लागि सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको भन्दै सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताए। सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्धवृद्धा र पछि सबै नागरिकलाई खोप लगाउने तयारी भएको उनको भनाइ छ।

यस्तै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएका समस्या अस्थायी भएको भन्दै उनले ती सबै समाधान हुने विश्वास दिलाएका छन्।

 

अन्य सम्बन्धित समाचार:  किन किन मलाई पनि लाठी खाने मन भाे, टाउको चिलाउन थाल्याे: प्रचण्ड