काठमाडौं। नेपालमा थप १ हजार २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभर ५ हजार ७०६ जनाको नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा २८७ सहित ७ सय ८२ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१७ छ। क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ। सोही अवधिमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ।