संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जान्छाै‌ँ: प्रचण्ड

काठमाडौं। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। प्रदेश-१ का प्रचण्ड र माधवकुमार नेपाल निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै उनले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका हुन्।

अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यादेश फिर्ता गर्ने बाहेक अर्को विकल्प नभएको प्रचण्डको भनाइ छ। ओलीले पार्टी विभाजन गर्ने योजनाका साथ एकपछि अर्को कदम चालिरहेकाले अध्यादेश पनि ल्याइएको प्रचण्डले बताए।

पार्टी जोगाउँदै ओलीले चाल्ने गलत कदमविरुद्ध जुनसुकै विकल्पमा जान आफूहरु पनि तयार रहेको प्रचण्डले बताए। लामो समय सैद्धान्तिक विषयमा बोलेका प्रचण्डले पूर्वएमाले र पूर्वमाओवादी भन्ने सोंच नै नराख्न आग्रह गरेका थिए। पेरिसडाडाँमा भएको भेलामा प्रदेश-१ का प्रचण्ड र माधव नेपाल पक्षका जिल्ला अध्यक्ष, सचिव र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए।

अन्य सम्बन्धित समाचार:  कांग्रेस केन्द्रीय समिति बैठक बस्दै