आज काठमाडाैं उपत्यकामा २८७ संक्रमित थपिए

काठमाडौं।

पछिल्लो २४ घण्टामा काठमाडौं १२१ महिला र १६६ पुरुष गरी २८७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०२ , ललितपुरमा ७६ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, आज काठमाडौंमा १ जना र ललितपुरमा १ जना गरी २ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ९४ हजार २७१ जना संक्रमित भएका छन्, जसमध्ये ४५३ जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार ८७४ जना निको भएका छन्।

देशभर ७८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु