फेसबुकमा फेक आईडी बनाएर ‘याैन हिंसा’ गर्ने दुई जना पक्राउ

सामाजिक

काठमाडाैं।

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई महिलालाई यौन उत्पीडन दिने दुई पुरुष पक्राउ परेका छन्। मोरङको विराटनगर उपहानगरपालिका वडा नं. ३ भर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ गल्फुटार बस्ने ३३ वर्षका सुमन रेग्मी र चितवनको माडी नगरपालिका वडा नं. ६ कल्याणपुर बस्ने ३५ वर्षका थम बहादुर विश्वकर्मालाई फेक आईडी बनएर महिलालाई यौन उत्पीडन गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

रेग्मीले फेक आईडी बनाएर परिचित महिला साथी रमला (नाम परिवर्तित) लाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको भन्दै धम्क्याउँदै आएका थिए। रेग्मीले सो तस्वीरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पीडन दिने, यौन दुर्व्यवहार गर्ने तथा हैरानी दिने गरेका थिए।

अन्य सम्बन्धित समाचार:  बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित

यस्तै विश्वकर्माले नजिकको नाता पर्ने महिला फुलमाया (नाम परिवर्तित)लाई यौनजन्य, अश्लील सन्देश तथा तस्बिर पठाउने तथा यौन अश्लीलतायुक्त अर्धनग्न सामग्री पोष्ट गरी हैरान गर्दै आएका थिए।

पक्राउ परेका दुवैले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको पाइएकोले अनुसन्धान गरिरहेको साइबर ब्युरोले जनाएको छ।