पाकिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा न्यूजिल्याण्ड विजयी

एजेन्सी। पाकिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ।

अक्ल्याण्डमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा नौ विकेट गुमाएर एक सय ५३ रन बनायो। पाकिस्तानले आठ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि २० रन बनाउँदा उसले चार विकेट गुमाइसकेको थियो।

कप्तान सादाब खानले सर्वाधिक ४२ रन बनाए। यस्तै फाहिम अर्सफले ३१, इमाद वासिमले १९ तथा मोहम्मद रिजवानले १७ रन बनाए। बलिङतर्फ न्यूजिल्याण्डका जाकोब डुफेले चार विकेट लिए।

जवाफमा न्यूजिल्याण्डले १८ दशमलव ५ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्यो। आठ रनमा पहिलो विकेट गुमाएको न्यूजिल्याण्डले २१ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा कोलकता र मुम्बई भिड्दै

टिम सेइफेर्टले ५७, ग्लेन फिलिप्सले २३, मार्क चपमनले ३४, जेम्स निसामले १५ तथा कप्तान मिचेल सान्तानेरले १२ रनको योगदान दिए।

न्यूजिल्याण्डले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।