तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौँ। शनिबार देशका केही क्षेत्रमा बदली तथा बाँकी क्षेत्रमा सामान्यतया सफा रहने छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ।

नेपालको पश्चिमी तथा मध्य तराईका भू–भागमा अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी राति प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

 

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई छैनः अधिवक्ता पोखरेल