काठमाडौँ। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का टी–१० लिगमा मेन्टरका रुपमा नियुक्त भएका छन्।
उनलाई टिम आबुधाबीले इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा नियुक्त गरेको हो। टिम आबुधाबीले सामाजिक सञ्जालमार्फत पारसलाई मेन्टरमा नियुक्त गरिएको जानकारी दिएको छ।
गत सिजनमा पारसले टिम आबुधाबीबाटै टी–१० लिग खेलेका थिए। पारसले यस वर्ष भने कोचिङ टिममा जिम्मेवारी पाएका हुन्। यस वर्ष उनले युवा खेलाडीलाई मेन्टरको रुपमा प्रशिक्षण दिने छन्।
टिम आबुधाबीमा क्रिस मोरिस, रोहन मुस्तफा, ल्युक राइट, अविष्का फर्नान्डोलगायत खेलाडी छन्।
आठ टिमबीच प्रतिस्पर्धा हुने टी–१० लिग आगामी जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा सुरु हुनेछ।