अफगानिस्तानमा बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु

एजेन्सी। अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बम बिस्फोट हुँदा १५ बालबालिकाको मृत्यु भएको छ।

बिस्फोटमा परी २० जनाभन्दा बढी घाइते भएका छन्। गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो। बिस्फोटको कारण खुल्न सकेको छैन। रिक्साको पछाडि राखेको बम बिस्फोट भएको हो।

तालिबान बिद्रोहीले भने दुर्घटनाबस बिस्फोट भएको बताएका छन्।

अन्य सम्बन्धित समाचार:  चीनको आयात, निर्यात बढ्यो