प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार जाँदै

काठमाडौँ। प्रधानधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार जाँदै छन्।

ओली शनिबार बिहान १० बजेपछि प्रचण्डसँग छलफल गर्न खुमलटार जान लागेका हुन्।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार ओली र प्रचण्डको खुमलटारमा वार्ता हुनेछ। शुक्रबार पनि दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो।

संवैधानिक परिषद् सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा विवाद उत्कर्षमा पुगेको छ। पार्टीभित्र ओली अल्पमतमा पर्दैगएका छन्।

गत साउनमा वामदेव गौतमलाई मनाउन ओली उनको निवास भैंसेपाटी पुगेका थिए।

अन्य सम्बन्धित समाचार:  अदालतको फैसला अपेक्षा गरेभन्दा फरक आएको छः प्रचण्ड