ओलीले प्रचण्डलाई शुक्रबारै भनेका थिए, ‘चिया पिउन खुमलटार आउछु’

काठमाडौँ। नेकपा भित्र विवाद बढ्दै गएपछि छलफल गर्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका छन्।

शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर्न आज उनकै निवास गएका हुन्।

प्रधानमन्त्री ओलीले हिजै ओलीले प्रचण्डसँग भेट्न खुमलटार आउँछु भनेर हिजै भनेका थिए। उनले शुक्रबार साँझ बालुवाटारमा भएको भेटमा खुमलटार चिया पिउन आउने प्रचण्डसित प्रस्ताव राखेका थिए।

ओलीले प्रचण्डसँग भने, ‘म भोलि चिया पिउन खुमलटार आउछु, त्यहाँ छलफल गरौं।’ प्रचण्डले आफू पटकपटक बालुवाटार धाउन परेको संकेत गरेपछि ओलीले यस्तो भनेका थिए।

 

अन्य सम्बन्धित समाचार:  निर्वाचन आयोगले नेकपाको दुबै पक्षलाई दिएन मान्यता