टेस्टमा भारतको सबैभन्दा न्यून स्कोर: अष्ट्रेलियाविरुद्ध ३६ रन

काठमाण्डाै। भारतले आफ्नो टेष्ट इतिहासकै न्यून स्कोरको रेकर्ड बनाएको छ। अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा ३६ रन बनाउँदा अल आउट भएपछि भारतको न्यून स्कोरको रेकर्ड बनेको हो। यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो। यही ४२ रन नै अहिलेसम्मको भारतको न्यून स्कोर थियो।

भारतलाई इतिहासकै न्यून स्कोरमा समेट्न अस्ट्रेलियाका प्याट कमिन्सले ४ र जस हेजलउडले ५ विकेट लिए। हिजो बाँकी रहेको थोरै समयमा दोस्रो इनिङ्स सुरु गरेको भारतले १ विकेटको क्षतिमा ९ रन बनाएको थियो। पृथ्वी श लाई प्याट कमिन्सले चाैथो ओभरको पहिलो बलमा बोल्ड गरेका थिए। त्यसपछि अर्का ओपनर मायांक अग्रवाललाई साथ दिन भारतले नाइट्सवाचम्यानका रुपमा क्रिजमा पठाएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले आफ्नो चुनावी क्षेत्रमा गरे चार पुलको उद्घाटन

आजको खेलमा भारतले क्षतिमा अरु २७ रन जोड्दा ८ विकेट बलको माध्यमबाट र अन्तिम एक विकेट माेहमद शामीका रुपमा ‘रिटायर्ड आउट’का रुपमा गुमायो। पहिलो इनिङ्सको ५३ र दाेस्रो इनिङ्सको ३६ गरी अष्ट्रेलियाले पहिलो टेस्टको विजय लक्ष्य ९० रन पाएको छ।

यस्ताे थियाे भारतको विकेट पतनको श्रृङ्खला

पहिलाे विकेट: पृथ्वी श ४ रनमा बनाएर कमिन्सको बलमा बोल्ड

दाेस्रो विकेट: मायांक अग्रवाल ९ रन बनाएर हेजलवुडको बलमा क्याच आउट

तेस्रो विकेट : जसप्रित बुम्राह २ रन बनाउँदा कमिन्सको बलमा कट एण्ड बोल्ड

चाैथो विकेट: चेतेश्वर पुजारा खाता नै नखोली कमिन्सको बलमा क्याच आउट

पाँचाैं विकेट: कप्तान विराट कोहली २ रन बनाउँदा कमिन्सको बलमा क्याच आउट

अन्य सम्बन्धित समाचार:  लेस्टर घरेलु मैदानमा आर्सनलसँग पराजित

छैटाैं विकेट: अजिंक्या रहाणे खाता नै नखोली हेजलवुडको बलमा क्याच आउट

साताैं विकेट: हनुमा विहारी ८ रन बनाउँदा हेजलवुडको बलमा क्याच आउट

आठाैं विकेट: ऋद्धिमन शाहा ४ रन बनाउँदा हेजलवुडको बलमा क्याच आउट

नवाैं विकेट: रविचन्द्रन आश्विन खाता नै नखोली हेजलवुडको बलमा क्याच आउट

दशाैं विकेट: मोहमद शामी १ रन बनाउँदा कमिन्सको बलमा रिटायर्ड आउट

९० रनको विजय लक्ष्य भेट्न दाेस्रो इनिङ्सको जवाफी ब्याटिङ थालेको अष्ट्रेलियाले डिनरपछि यति बेलासम्म कुनै विकेट नगुमाई ९ ओभर खेलेर ४७ रन बनाएको छ। सुरुवाती ब्याट्स्म्यान म्याथ्यु वेडले २९ रन तथा जो बर्न्सले व्यक्तिगत १६ रन जोडेका छन्।