खुमलटारबाट फर्किएर प्रधानमन्त्री ओली पुगे गृहमन्त्री भेट्न

काठमाडौं। नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन्। सचिवालय सदस्य एवं गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका बुझिएको छ।

गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली पुल्चोकस्थित अहिले मन्त्री निवासमा रहेको बुझिएको छ। केही बेरअघि उनी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

ओली खुमलटारबाट फर्किएपछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच केहीबेर कुराकानी भएको छ।

अन्य सम्बन्धित समाचार:  देउवासँग मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधवको प्रस्ताव