इङलिस प्रिमियर लिग: आज एभर्टन र आर्सनल आमने-सामने

काठमाडाैं। इङलिस प्रिमियर लिग ईपीएलमा आज एभर्टनले र आर्सनलबीच खेल हुँदैछ। उक्त खेल नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुनेछ।

लिभरपूलमा  रहेको गुडिसन पार्कमा २ हजार दर्शकका बीच हुने खेलमा विजय प्राप्त गर्दै आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपूलसँग अङ्क दुरी घटाउने प्रयास गर्नेछ। त्यस्तै एभर्टन पनि उत्कृष्ट लय प्रदर्शन गर्दै खेल्ने दाउमा हुनेछ। उत्कृष्ट फर्ममा रहेको एभर्टन हाल १३ खेलमा २३ अङ्क जोड्दै पाँचौ स्थानमा छ। उसले पछिल्लो दुई खेलमा चेल्सी र लेस्चर सिटीलाई पराजित गरेको थियो ।

आर्सनलको लय भने धरमराएको छ। उसले घरेलु लिगको पछिल्लो ६ खेलमा जित निकाल्न सकेको छैन। नोभेम्बर १ मा म्यान्चेस्टर युनाइटेडलाई १-० गोलले पराजित गरेयता आर्सनल लिगमा जितविहीन छ। हाल आर्सनल १३ खेलमा १४ अङ्क जोड्दै लिगको १५ औँ स्थानमा छ। त्यसैले आजको खेलमा आर्सनल सकरात्मक नतिजा निकाल्दै लिगमा आफ्नो स्थान सुधार गर्ने उसको मुख्य लय हुने आकलन गर्न सकिन्छ।

अन्य सम्बन्धित समाचार:  पीएम कप: सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश २ पनि बाहिरियो

यी दुई टोलीबिच भएको पछिल्लो २२ भेटमा आर्सनलले १४ खेल जितेको छ भने ३ खेल एभर्टनले जितेको छ। पाँच खेल भने बराबरीमा सकिएको छ।