बुद्ध एयर जनकपुर-पोखरा प्रकरण: छानबिन हुने, समिति गठन

काठमाडौं।

बुद्ध एयरले जनकपुर पुग्नुपर्ने विमान पोखरा पुगेको प्रकरणको छानबिन गर्ने भएको छ। उक्त प्रकरणमा छानबिन गर्न समिति गठनसमेत गरिसकिएको बुद्ध एयरले छ। तर समितिमा को–को छन् भन्नेबारे सार्वजनिक गरिएको छैन।

शुक्रबार बुद्ध एयरको ६०७ नम्बरको विमान जनकपुर उड्नुपर्नेमा पोखरा पुगेको थियो।

प्रारम्भिक अनुसन्धानमा यस घटनामा ग्राउण्ड ह्याण्डलिङ गर्ने कर्मचारीलाई दोषी मानिएको छ। ग्राउण्ड ह्याण्डलिङ गर्ने कर्मचारी, टावर र पाइलटबीचको समन्वय अभाव नै घटनाको कारक भएको बताइएको छ।

सम्बन्धित समाचार

जनकपुरका लागि बुद्ध एयर चढेका यात्रुहरु पोखरा पुगेपछि……

विमान उड्ने बेलामा एयरहोस्टेसले विमान जनकपुर जाँदैछ भनेको र पाइलटलाई दिइएको कागजमा पनि जनकपुर नै उल्लेख भएको बताइएको छ। यस्तै, ग्राउण्ड ह्याण्डलिङ गर्ने कर्मचारीले पनि जनकपुर नै उड्नुपर्ने भनेका थिए। तर टावरले पोखरा जान भनेकाले पाइलट झुक्किएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  हेटौंडामा ट्रकसहित ३ जना पक्राउ

विमान पोखरा विमानस्थलमा अवतरण गरेपछिमात्र यात्रुहरुले आफूहरु जनकपुर नभई पोखरा उत्रिएको थाहा पाएका थिए। त्यसपछि यात्रुलाई पुनः जनकपुर पठाइएको थियो।