‘लप्पन छप्पन–२’ आउँदो नयाँ वर्षमा रिलिज हुने

काठमाडौं।

नेपाली चलचित्र ‘लप्पन छप्पन–२’ आउँदो नयाँ वर्षमा रिलिज हुने भएको छ। निर्देशक मुकुन्द भट्टका अनुसार २०७८ सालको नयाँ वर्षको छेको पारेर चलचित्र रिलिज गर्ने तयारी छ। यस चलचित्रमा शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, सौगात मल्ल, शक्ति श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा रहनेछन् ।

कोरोनाका कारण सिनेमा हल गत चैत ७ गतेबाट बन्द रहेकाले चलचित्र निर्माण सम्पन्न भएको लामो समय भए पनि रिलिज भएको थिएन।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने