आज देशभर ७१० संक्रमित थपिए: १ हजार १७५ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा आज थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको विभिन्न प्रयोगशालामा नमूना परीक्षण गर्दा काठमाडौं ७१० जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार १७५ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ८ हजार ८ सय ४० जना सक्रिय संक्रमित छन् भने तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ४२१ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभरमा कोरोनाका कारण ज्यान ‍गुमाउनेको सङ्ख्या १ हजार ७ सय ७७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  टेकुमा कोरोना संक्रमितको मात्र उपचार हुने