बर्न्सको शानदार अर्धशतकमा भारतविरुको पहिलो टेस्ट अष्ट्रेलियाको पोल्टामा

काठमाण्डाै। भारतविरुद्धको पहिलो टेष्ट अष्ट्रेलियाले ८ विकेटले जितेको छ। योसँगै ४ टेस्टको श्रृङ्खलामा अष्ट्रेलिया १-० ले अगाडि पुगेको छ। पहिलो इनिङ्समा ५३ रनले अगाडि रहेकाे भारत दाेस्रो इनिङ्समा टेस्ट इतिहासमै सबैभन्दा कम ३६ रनमा अल आउट भएपछि अष्ट्रेलियाले ९० रनको लक्ष्य पाएको थियाे।

उक्त लक्ष्य जो बर्न्सकाे शानदार अर्धशतक र म्याथ्यु वेडको ३३ रनको मदतले अष्ट्रेलियाले २१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेर श्रृङ्खलामा १-० ले अगाडि बढेको हाे। बलिङतर्फ भारतका रविचन्द्रन आश्विनले मार्नस लबुशेनको एक विकेट लिए भने अर्को विकेट म्याथ्यु (वेडको) पनि उनकै बलमा रन आउटका रुपमा प्राप्त भएको थियो।

दाेस्राे टेस्ट डिसेम्बर २६ देखि ३०, दाेस्राे टेस्६ जनवरी ७ देखि ११ तथा चाैथो तथा अन्तिम टेस्ट १५ देखि १९ डिसेम्बारमा हुनेछ। पहिलो टेस्टकाे पहिलो इनिङ्समा ७४ र दाेस्रो इनिङ्समा ४ रन बनाएका कप्तान विराट कोहली बाँकी टेस्टमा हुने छैनन्।

अन्य सम्बन्धित समाचार:  बी डिभिजन लिगः श्रीकुमारी र बाँसबारी विजयी

सम्बन्धित समाचार

टेस्टमा भारतको सबैभन्दा न्यून स्कोर: अष्ट्रेलियाविरुद्ध ३६ रन