बैतडी: ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

भावना पाैडेल, डडेलधुरा।

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मेलौली नगरपालिका–९ असुरपाबाट मेलौली तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्र्याक्टरमा रहेका मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार ट्र्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको छ भने चालक अमृत चौधरी समान्य घाइते भएका छन्।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  दुर्घटनामा एकको मृत्यु