राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा: अध्यादेशबारे छलफल

काठमाडौँ। शनिबार साँझ प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकाले पुष्टि गरेका हुन्।

ढकालका अनुसार प्रधामन्त्री ओली बेलुका साढे ५ बजेतिर शीतल निवास पुगेका हुन्। संवैधानिक परिषद्‍को बैठक सम्बन्धी अध्यादेशबारे राष्ट्रपति र प्रधानमन्त्रीबीच परामर्श भएको बताइएको छ।

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता गर्न सहमत भएको बताएका थिए। तर हालसम्म पनि अध्यादेश फिर्ता लिने प्रक्रिया सरकारले अघि बढाएको छैन।

 

अन्य सम्बन्धित समाचार:  नेपालमा गणतन्त्र आउँदा केपी शर्मा ओली रुँदै हिँडे‍‍‍: प्रचण्ड