काठमाडौं।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच आज दुई बुँदे समझदारी भएको भएको छ। आज बसेको दुवै दलका नेताहरूको बैठकले यस्तो समझदारी गरेको जसपा नेता विश्वदीप पाण्डेले ट्वीटमार्फत् जानकारी दिएका हुन्।
पाण्डेले ट्वीटमा तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गर्ने विषयमा दुवै दलबीच समझदारी भएको उल्लेख गरेका छन्। यस्तै लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्नेसमेत सम्झौता भएको बताइएको छ।
आज जनता समाजवादी पार्टी, नेपाल र नेपाली कांग्रेसबीच भएको समझदारी –
१. संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने ।
२. लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने ।
— Bishwadeep Pandey (@BishwadeepP) December 19, 2020
जसपा नेताहरू भट्टराई, ठाकुर र महतो सभापति देउवालाई भेट्न उनकै निवास पुगेका र उनकै निवासमा यस्तो समझदारी भएको हो।