इंग्लीश प्रिमियर लिगमा लिभरपुलको शानदार जित

काठमाडौं। इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ७–० ले हराएको छ। प्यालेसको मैदानमा भएको खेलमा लिभरपुललाई शानदार जित दिलाउन मोहोमद सालाह र रोबर्टो फर्मिनोले दुई दुई गोल गरे।

यसैगरि मियामोतो, सादियो माने र जोर्डन हेन्डर्सनले एक एक गोल थपे। जितसँगै लिभरपुलले प्रिमियर लिगको शिर्ष स्थानको पकड बलियो पारेको छ।

१४ खेलबाट उसको ३१ अंक छ । समान खेलबाट २६ अंक जोडेको एभर्टन तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा एभर्टनले आर्सनललाई २–१ ले हराएको हो। आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन यरी मिनाले एक गोल गर्दा आर्सनलका रब होल्डिङले एक आत्माघाति गोल गरे।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियो, एस्टोन भिल्ला पराजित

आर्सनलका लागि निकोलस पेपेले पेनाल्टीमाफर्त एक गोल फर्काए। प्रियिमर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले हराउँदा न्युकासल युनाईटेडले फुल्हमसँग १–१ गोलको बराबरी खेल्यो।