बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि खुला

काठमाडौं। ९ महिनादेखि बन्द रहेको काठमाडौंको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि खुला गरिएको छ। विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला गरिएको हो।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुल्ला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए।

नौ महिनासम्म मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती भने नियमित भइरहेको थियो।

मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  नागरिक एप चलाउँदा डाटा शुल्क नलाग्ने बनाइँदै