ओलीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं। मन्त्रीपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका थिए।

बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए।

ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन्।

 

 

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए